IPO नतिजा कसरी हेर्ने ?

Home >> IPO नतिजा कसरी हेर्ने ?

सेयर बजार अहिले सबैको चासो र चर्चाको बिषय बनेको छ , पछिल्लो समयमा हितग्राही खाता (DEMAT A/C) खोल्नेहरुको संख्या अत्याधिक वृद्धि भएको छ । बिषेश गरी अहिलेको युवा पुस्ताहरुमा सेयर बजार प्रति आकर्षण बढेर गएको छ , सेयर बजारमा भएको सुचना र प्रबिधीको बिकास तथा बिस्तारले यसलाई मदत गरेको छ ।

सेयर बजारको प्रबेशद्धार (Entry Gate)जस्तै मानिने प्राथमिक सेयर निस्कासन (Initial Public Offering| IPO) मा सेयर भर्नेको संख्यामा तिब्र बृद्धि देखिएको छ । आज भन्दा १/२ बर्ष अगाडी २/३ लाख जनाले मात्र भर्ने IPO आज २० लाख बढीले भर्ने गरेका छन् ।

IPO मा आएको आकर्षण सँगै केन्द्रिय निक्षेप प्रणाली (CDSC) ले लगानीकर्ताको गोपनीयता लाई मध्यनजर गर्दै संचार माध्यम बाट IPO Result निकाल्न बन्देज गरेको छ । त्यसैले अहिले निम्नलिखित माध्यमबाट मात्र IPO Result सार्वजनिक गर्ने व्यवस्था गरिएको छ :-

१. मेरो सेयर / CDSC

CDSC ले IPO Result सार्वजनिक गर्नको लागि  नँया वेबसाइट https://iporesult.cdsc.com.np को व्यबस्था गरेको छ । सम्बन्धित कम्पनी र आफ्नो हितग्राही खाता नम्बर (DEMAT Number/BOID ) राखेर IPO को नतिजा हेर्न सकिन्छ ।

 

२. शेयर बिक्री प्रबन्धक (Issue Manager)

IPO हेर्ने अर्को माध्यम भनेको शेयर बिक्री प्रबन्धक (Issue Manager) हो । उदारहणको लागि Union Life Insurance को IPO Result, Union Life Insurance को बिक्री प्रबन्धक (Issue Manager), Prabhu Capital को Website बाट हेर्न सकिन्छ ।

३. सम्बन्धित कम्पनी

IPO Result सम्बन्धित कम्पनीको माध्यम बाट पनि प्रकाशित गर्न सकिन्छ । उदाह।णको लागि Jeevan Bikash Laghubitta Bittiya Sanstha Ltd.  को IPO Result, Jeevan Bikash Laghubitta Bittiya Sanstha Ltd. को Website बाट प्राप्त गर्न सकिन्छ ।